बस दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो ।

ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन । दुर्घटनामा ३० जना घाइते छन् । घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुलेको छैन । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार