गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौं : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउन चलखेल भइरहेको बताउनुभएको छ । तर गठबन्धन नटुट्ने उहाँले बताउनुभयो ।

आज रोल्पाको सातदोबाटोमा झन्डै ६ करोडमा बनाइएको ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भन्नुभयो, ‘गठबन्धन टुटाउन चलखेल भए, अहिले भइरहेका पनि छन्। तर आगामी निर्वाचनमा रेकर्ड बनाएर जानुपर्छ।’

उहाँले ‘जनयुद्धु का क्रममा पछिल्लो दुई वर्ष आफू रोल्पामै बसेको बताउनुभएको थियो । साथै प्रचण्डले पार्टी नेता कृष्णबहादुर महराको घरमा आजै भएको पत्रकार सम्मेलनमा आफ्नै शक्तिमा पार्टी चुनावमा होमिएको बताएका थिए।आफ्नै खुट्टामा टेकेर निर्वाचन लड्छौं,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार