वडा अध्यक्ष यादवको निधन

सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।

गत माघमा काठमाडौँबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस हुनुभएको थियो । उहाँलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिनुभयो । उहाँको तीन छोरी र श्रीमती छन् । उनी नेकपा (एमाले) बाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार