बेनी नगरपालिका–८ मा कांग्रेसबाट भण्डारीको उम्मेद्धारी

म्याग्दी। अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका–८ ,मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ ।

सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ ।

गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भण्डारीलाई उम्मेदवार बनाइएपनि सदस्य पदमा भने आकांक्षीहरु धेरै भएकाले सिफारिस गरिएको छ । राजनिति संगै सामाजिक सेवामा सक्रिय भण्डारी नेपाली कांग्रेस वडा इकाई सभापति समेत हुनुहुन्छ । इमानदार जनप्रतिनिधिको छवि बनाउनुभएका भण्डारीले आफुलाई विजयी बनाउन वडाबासीलाई आग्रह गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार