थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ७८ पीसीआर परीक्षणमा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परीक्षणमा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५१ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८ सय १२ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार