महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुन मगरलाई सम्मान गरेको छ।

डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.पुनसँग अन्तक्रियायासमेत गरिएको थियो। कार्यक्रममा डा.पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो।

पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार