अध्यक्ष ओलीको गृहजिल्लामै असन्तुष्टि : टिकट नपाएपछि घिमिरेले रुँदै छाडे एमाले

काठमाडौँ । नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरेले पार्टी परित्याग गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा मेची नगरपालिकाको मेयर टिकट नपाउने भएपछि उनले आज एमाले परित्याग गरेका हुन् ।

मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक–पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु ठिक ठानेर एमाले छाडेको बताए । उनी पत्रकार सम्मेलनमा पटक–पटक भक्कानिए ।

“३१ वर्षअघि पार्टी सदस्यमा प्राप्त गरेँ, निरन्तररुपमा एमालेको इमान्दार कार्यकर्ताको रुपमा काम गरेँ। तर, पार्टीका केही नेताले मेरो अबमूल्यन गरेर अवसरबाट वञ्चित गर्ने र घेराबन्दीमा पार्ने काम गरेँ,” उनले भने,“मलाई पार्टीका नेताहरुले रुवाउँदै–रुवाउँदै निष्कासन गरे, म आफैँ निस्किएको होइन, मलाई निकालेका हुन्, निस्किन बाध्य पारेका हुन् ।”

उनले आफ्नो आँशुले अन्याय गर्नेहरुलाई पिरोल्नेसमेत बताए । “मेरो आँशुले मलाई अन्याय गर्नेहरुलाई पिरोल्ने छ, जसले मलाई यो पार्टीबाट रुँदै रुँदै बाहिरिने अवस्था सिर्जना गरे,” उनले भने ।एमाले छाडेको घोषणा गरेको उनले तत्काल अन्य पार्टीमा नजाने बताए । ६५ वर्षीय उनले आफूले सकिञ्जेल वर्गीय जनताको पक्षमा काम गरिरहने बताए ।nagarikkhabar

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार