गठबन्धन कुनै हालतमा टुट्न दिन हुँदैन:प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताउनु भएको छ । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताउनु भयौ ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधानअनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले  भन्नुभयाे , ‘त्यसकारणले कसैसँग त गठबन्धन गर्नै पर्‍यो ।

काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले, अनि मैले के गल्ती गरेँ ’ उहाँले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि,’ देउवाले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार