रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने

बेनी ।नेपाली कांग्रेस म्याग्दीले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेस म्याग्दीले प्रेमकुमारी पुनलाई उम्मेद्धार बनाउने निणर्य गरेको छ । पुन वडा सदस्य हुनुहुन्छ ।

शुक्रबार बिहान पार्टी कार्यालयमा बसेको बैठकले गाउँपालिको उपाध्यक्षमा आकांक्षी छ जना मध्ये रघुगंगा–६, कोटगाउँ निवासी प्रेमकुमारीलाई उपाध्यक्ष बनाउने निणर्य गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।

वडा सदस्य पुनसंग प्रिय आमा समुह कोटगाउँको अध्यक्ष,विद्यालय व्यवस्थापन समिति ,युवा क्लब ,सहकारी ,आम्दी सामुदायीक वन लगायत विभिन संघसंस्थामा काम गरेको अनुभव छ । बिहिबारको बैठकले गाउँपालिकाको अध्यक्षमा बालवाल अध्यक्ष भव बहादुर भण्डारीलाई नै दोहोर्‍याउने निणर्य गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार