बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो ।
केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी सहित प्रमोद श्रेष्ठ , सन्तोष रावल र नारायण जिसीको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको थियो ।
प्रदेशमा सिफारिस गरिएका मध्यबाट केसीले मेयरको टिकट प्राप्त गर्नभएको हो । त्यस्तै उपमेयरको उम्मेद्वारीको टिकट पशुपति शाहीले पाउनुभएको छ । चारैजना उम्मेद्वार सवल र योग्य देखिएपछि एमालेलाई टुङ्गो लगाउन सकस परेको थियो । विभिन्न प्राकृतिक प्रकोप तथा विपद्को समयमा जिल्लाका नागरिकहरुको सेवामा समर्पित केसीलाई मेयरको उम्मेद्वार बनाउन सामाजिक सञ्जाल हरुमा समेत प्रतिक्रिया आइरहेको थिए ।