![](https://myagdinews.com/wp-content/uploads/2022/04/gh.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बन्नुभएको हो ।
उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिँडेको राईले बताउनुभयो । राई एन्फाका मनोनित उपाध्यक्ष हुनुहुन्छ । २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उहाँ महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो । यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुनुहुन्छ । राई नेपाली कांग्रेस धरानका पूर्वनगर सभापति हुनुहुन्छ । नागरिक खबरबाट