मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दरवाङबाट बाबियाचौर जाँदै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५, गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताउनुभयो। मोटरसाइकको पछाडि बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको हो। दुर्घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार