ड्राइभर फेरिदैँमा थोत्रो गाडीले गति बढाउन सक्दैन : विनोद चौधरी

काठमाडौँ । विश्व अर्बपतिको सूचीमा अटेका नेपाली व्यवसायी तथा संघीय संसदको सदस्य समेत रहेका नेपाली काँग्रेसका नेता विनोद चौधरीले ड्राइभर फेरिँदैमा थोत्रो गाडी कुद्न नसक्ने जिकिर गर्नुभएको छ । मुलुकको आर्थिक कार्यप्रणली तथा संरचनात्मक व्यवस्था नै गलत रहेकोतर्फ इंकित गर्दै चौधरीले जतिसुकै राम्रो बजेट आएपनि वा नीति तथा कार्यक्रम आएपनि त्यसले काम नगर्ने र मुलुक आर्थिक संवृद्धिमा जान नसक्ने बताउनुभयो ।

पुँजीगत बजेट खर्चको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै चौधरीले भन्नुभयो, ‘जेठ ४ गतेसम्म चालु आर्थिक वर्षको ३१ प्रतिशत मात्र बजेट खर्च हुन्छ भने सोबाट आर्थिक उन्नती, विकास र संवृद्धि हामीले कसरी खोज्ने रु मुलुकको समस्या र आवश्यकता एकातिर छ, तर हामी अर्कोतर्फ कुदिरहेका छौं । यसतर्फ हामी किन जिम्मेवार हुन सक्दैनौं रु’ चौधरीले प्रश्न गर्नुभयो । राजनीतिक तथा आर्थिक वितृष्णाको उपज अहिलेको युवाहरु देशमा बस्नै नचाहेको उहाँले बताउनुभयो ।

युवामा नेपालमा बस्नै चाहँदैनन् । शैक्षिक संस्था चलाउन चाह्यो राज्यले वातावरण नै दिन सक्दैन । व्यापार व्यवसाय गरौं न त भन्यो व्यवसायिक सुरक्षाको कुनै ग्यारेन्टी छैन । रोजगारी छैन । अनि कसरी युवाहरु स्वदेशमा टिक्न सक्छन् रु’ शैक्षिक गतिविधिकै नाममा लाखौ युवाहरु विदेश पलायन भइरहेको भन्दै चौधरीले भन्नुभयो, ‘शिक्षाकै नाममा यसैवर्ष मात्र ४३ अर्ब रुपैयाँ बाहिरिएको छ । यसलाई रोक्ने योजना तथा भिजन खै रु’ चौधरीले सरकारमाथि प्रश्न गर्नुभयो।

सरकारले मुलुकमा रोजगारीको सिर्जना नै गर्न नसकेको भन्दै व्यवसायी चौधरीले अघिल्लो सरकारको समेत कटाक्ष गर्न भ्याउनुभयो । ‘अघिल्लो सरकारले ७ लाख युवालाई रोजगारी दिने घोषणा गरेको थियो, खै कहाँ कति रोजगारी सिर्जना भयो रु कतिले पाए रोजगारी रु ७ लाख भनिएकोमा ७० हजारले पनि पाएनन् । अलिअलि केके रोजगार कार्यक्रमका नाममा बाँडिएको पैसा पनि क–कसले फाइदा लिए त्यो हामीलाई थाहा छ’ उहाँले भन्नुभयो ।

हरेक वर्ष मुलुकमा ५ लाख युवा रोजगार मार्केटमा आउने गरेपनि राज्यले ५० हजारलाई पनि दिन नसकेको उनले दुखेसो पोखे । रोजगारीका लागि कि त युवाहरु दुबई कतारको प्लेनको सिट भरिनुपर्ने, कि त भरतपुरको रेलको सिट भरिने बाध्यता रहेको उहाँले जिकिर गर्नुभयो । संघीय संसदमा हिजोदेखि जारी विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै सांसद चौधरीले यस्तो बताउनुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार