विजय जुलुसमा मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटना भएको हो ।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख रविन्द्र रेग्मीले बताउनुभयो । सिद्धार्थनगर–१० बाट एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार