रघुगंगा एमालेले दग्नाममा चुनाबी प्रचार सभा (भिडियो/तस्बिरहरु)

दग्नाम । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा नेकपा एमाले चुनाबी प्रचार सभा सम्पन्न गरेको छ । बैशाख ३० मा हुन गईरहेको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर आईतबार दग्नाममा रघुगंगा नेकपा एमालेले चुनाबस् प्रसार सभा गरेको हो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युरो सदस्य थापा, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, एमाले रघुगंगा गाउँपालिका अध्यक्ष एवम् पालिका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की , गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजाले सम्वोधन गर्नु भएको थियो ।

सोही कार्यक्रमको अवसरमा एमालेको चुनाबी प्रचार सभाले गणेश थजाली अध्यक्ष, रेशम गर्बुजा उपाध्यक्ष, तिलक गर्बुजा सचिव र खबिर तिलिजा सहसचिव रहेको १८ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गठन गरेको थियो । कार्यक्रममा महिला बालबालिका तथा जष्ठ नागरिक पूर्व मन्त्री एव् नेकपा एमालेका पोलिट व्युरो सदस्य थापा, नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदी, एमाले रघुगंगा गाउँपालिका अध्यक्ष एवम् पालिका अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्की , गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजा, जिल्ला सदस्य, जनसंस्कृत मञ्चका इन्चार्ज जिबन कार्की, राष्ट्रिय युव संघका सचिव तथा जिल्ला ईन्चार्ज प्रविन शाही, पालिका सचिबालय कमीटी सदस्य निलकण्थ सुबेदी, रघुगंगा पालिका कमीटी युवा संयोजक मनोज खत्री, जिल्ला कमीटी सदस्य गम बहादुर पुन, अनेरा संघ रत्न कार्की लगाएतका उपस्थिती रहेको झलक आचार्यले जानकारी दिनु भयो । दग्नामका वडा कमिटी एमाले अध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवार ईन्द्रमान थजालीको अध्यक्षता, एमाले जिल्ला सदस्य रिमती तिलिजाको स्वगत र झलक आचार्यको सञ्चालनमा कार्यक्रम सम्मन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार