गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

धनुषा । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताउनुभएको हो । सोमबार राति उनी ढल्केबर चोकमा चेक प्वाइन्टबाट ड्युटी गरी ईलाका प्रहरी कार्यालय जाँदै हुनुहुन्थ्यो ।

ठक्कर दिने गाडीको खोजतलास गर्ने काम भइरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो। ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आउनुभएको थियो । पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार