यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान पारेको आरोपमा १० पक्राउ

ललितपुर । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्‍याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्‍याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो ।

अनावश्यक रूपमा दुस्ख हैरानी दिएको भन्ने गुनासो पछि प्रहरीको टोली खटिएको थियो । उनीहरूलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार