२० हजार घुस लिएको आरोपमा पक्राउ परेका मालपोतका खरिदारविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाका खरिदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मालपोत कार्यालय टोखाको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरूद्ध बुधबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाणपुर्जी बनाउने काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेका थिए । उजुरीपछि अख्तियारले उनलाई वैशाख ४ गते २० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । त्यसमा उनले घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले २० हजार बिगो कायम गरी सजायको मागदाबी गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार