अवैध हतियार सहित तीन जना पक्राउ

दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका-३ टिकुलीगढ स्थित जुनु वडी विल्डर्सबाट अवैध हतियार पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा लमही नगरपालिका ३ मझगाउँ स्थित फर्निचर तथा आह्रन सञ्चालन गरी बस्ने अन्दाजी ७३ वर्षीय मुमबहादुर घर्ती मगर रहेका छन् ।त्यस्तै बाग्लुङ बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ मा बस्दै आएका २० वर्षीय सोमु बिक र रुपन्देही शुद्धोधन गाउँपालिका २ भुजौली घर भइ तलमी नगरपालिका ३ बस्ने ४० वर्षीय कमल भनिने रुक्मान सुनार रहेका छन् ।

२० वर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाइ गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तीबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार