काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसके देशले धेरै क्षति व्यहोर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा बोल्दै नेता सिंहले निजगढमा विमानस्थल बनाउन धेरै लगानी र समय खर्च भइसकेको बताउँदै अब पनि बनाउन नसके देशलाई क्षति हुने बताउनुभएको हो । ‘निजगढमा विमानस्थल बनाउन सकेनौं भने धेरै क्षति व्यहोर्नुपर्ने हुन्छ । नेपाल ल्याण्ड लक्डबाट एयर लक्ड हुन सक्छ,’ नेता सिंहले भन्नुभयो ।
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे गरेको फैसलाको पूर्ण पाठ आएपछि थप कदम चाल्न सकिने उहाँले बताउनुभयो । उहाँले सर्वदलीय समिति गरेर भए पनि फास्ट ट्र्याकमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने बताउनुभयो । ‘सर्वदलीय सहमति गरेर भए पनि निजगढ अब फास्ट ट्र्याकमै बनाउनुपर्छ,’ उहाँले भन्नुभयो।अनलानइखबरबाट