धवलागिरी गाउँपालिकामा आइतबार बिदा नहुने

बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म संचालन हुने निर्णय गरेको हो ।

नेपाल सरकारले परिक्षणका लागि जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आईतबार दुई दिन विदा दिने र बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय खोल्ने संघीय सरकारको निर्णय धवलागिरी गाउँपालिकाले कार्यान्वयन नगर्ने गरिएको उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार