अफगानिस्तानमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२० पुगेको छ । उद्धारकार्य अहिले पनि जारीरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।

तालिवानका नेता हिब्तुल्लाह अखुंदजादले ग्रामीण इलाका अझै पनि उद्धारकर्ता पुग्न नसकेकाले मृतक तथा घाइतेको संख्या बढ्ने बताएका छन् । उनका अनुसार अहिलेसम्म ६०० बढी घाइतेलाई उपचारका लागि अस्पतालहरुमा भर्ना गरिएको छ ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । भूकम्पबाट पूर्वी प्रान्त पक्तिका सबैभन्दा धेरै प्रभावित छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार