कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले नेपाल कृषि प्रधान मुलुक नभई कमिसन प्रधान भएका कारण कमिसन प्रधान देश घोषणा गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन।

सुन्दै आएको छु कृषि प्रधान देश भनेर यो संसदबाट प्रस्ताव गर्न चाहन्छु अब कृषि प्रधान होइन, कमिसन प्रधान देश घोषणा गरियोस् सभामुख ज्यू ।’उहाँले नेपालमा राजनीति सेवाको भावना हटाएर पेशाको भावना राख्न पनि आग्रह गर्नुभयो । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद अरगरियाले आक्रोषित हुँदै उक्त प्रस्ताव माग गर्नुभएको हो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार