तत्काल निर्वाचन घोषणा नगरे देश टुक्रा-टुक्रामा विभाजित हुन्छ : इमरान खान

एजेन्सी । संसदमा अविश्वासको प्रस्तावमार्फत यही अप्रिलमा प्रधानमन्त्रीबाट पदमुक्त भएका इमरान खानले पाकिस्तानमा गृहयुद्धको चेतावनी दिँदै तत्काल चुनावको घोषणा नगरे देश टुक्रा टुक्रामा विभाजित हुने बतायनुभएको छ ।

स्थानीय टेलिभिजन च्यानल बोल न्युजलाई दिएको एक अन्तर्वार्तामा खानले भन्नुभयो, ‘उनीहरूले हामीलाई कानुनी र संवैधानिक माध्यमबाट चुनावमा जान अनुमति दिन्छन् कि भन्ने बारेमा हामीले हेर्दै जान्छौँ । नत्र भने देश गृहयुद्धतर्फ जानेछ । ’पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का प्रमुखसमेत रहेका खानले नेसनल एसेम्ब्लीमा फर्किन कुनै अर्थ नभएको बताउनुभयो ।

आफ्नो सरकारलाई हटाउने नेसनल एसम्ब्लीमा फर्किनुको अर्थ ‘षड्यन्त्रलाई स्वीकार गर्नु’ भएको उहाँले बताउनुभयो ।विदेशमा रहेका भारतीय थिंक ट्यांकहरूले बलुचिस्तान प्रान्तलाई पाकिस्तानबाट तोड्ने षड्यन्त्र गरिरहेको उहाँले दाबी गर्नुभयो । ‘विदेशमा रहेका भारतीय थिंक ट्यांकहरू बलुचिस्तानलाई अलग गर्ने सोचमा छन् । उनीहरूसँग योजना छ, त्यसैले म दबाब दिइरहेको छु’, उहाँले भन्नुभयो । तर, खानले कसलाई दबाब दिइरहेका छन् भन्ने बारेमा केही बताउनुभएन्। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार