३३ अंकले घट्यो सेयर बजार

काठमाडौँ । शुक्रबार सेयर बजार परिसूचक नेप्से ३३ अंकले घटेर २ हजारको रेञ्जमा झरेको छ । केहि दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा शुक्रबार थप ३३.७६ अंकले घट्दै २ हजार ७८.७० अंकमा झर्न पुगेको हो ।

योसँगै बजारमा लगानीकर्ताहरु थप पेनिक बन्न पुगेका छन् । यसदिन सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे हुन पुगेको छ । १३ वटा उपसूचकहरु मध्ये आज सबैभन्दा बढी व्यापार समूहको २.५६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटल तथा पर्यटन समूहको ०.८६ प्रतिशतले घटेको छ । ३३ अंक माथिले नेप्से घटेको आज कारोबार रकम समेत १ अर्ब ३० करोडमा सीमित भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार