सडक विभागको महानिर्देशकमा पुनः थापा नियुक्त

काठमाडौं । सडक विभागको महानिर्देशकमा पुनः अर्जुनजंग थापा नियुक्त हुनुभएको छ । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै थापा पुनः महानिर्देशक नियुक्त हुनुभएको हो ।

विभागका योजना महाशाखा प्रमुख तथा निमित्त महानिर्देशक शिव नेपाल र एडीबी निर्देशनालय प्रमुख अर्जुनबाबु ढकाल पनि महानिर्देशकको दावेदार हुनुहुन्थ्यो । गत पुसमा महानिर्देशक रहेका थापालाई मन्त्रालयमा सरुवा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सापकोटालाई महानिर्देशक बनाउनुभएको थियो।

सापकोटाले अवकास पाएपछि पुनः थापाले महानिर्देशक बन्ने अवसर पाउनुभएको हो । विभागको रोलक्रमअनुसार नेपाल अघि भएपनि थापा सडक विभागमा दोस्रो कार्यकाल महानिर्देशक बन्नुभएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार