म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन : अल्मुताइरी

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो स्वास्थ्य अवस्था ठिक भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू गोर्खाली भएको कारण केही नुहने भन्दै समर्थकहरुलाई चिन्ता नलिन आग्रह गर्नुभयो । ‘म गोर्खाली हुँ, चिन्ता गर्नु पर्दैन,’ अल्मुताइरीले फेसबुकमा लेख्नुभएको छ । अल्मुताइरी नेपाल र कुवेत बीचको खेल दौरान बेहोस भएर मैदानमा लड्नुभएको थियो । उक्त खेलमा नेपाल कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार