त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल सुनिलले काठमाडौंको त्रिचन्द्र कलेज भवन पुनर्निर्माण गरिने बताउनुभऐको छ । यसै आर्थिक वर्षदेखि त्रिचन्द्र कलेज भवन पुनर्निर्माण अघि बढ्ने उहाँले बताउनुभयो ।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको मन्त्रालयका तर्फबाट जवाफ दिँदै प्रतिनिधि सभा बैठकमा आज मन्त्री पौडेलले त्रिचन्द्रको भवन बन्ने बताउनुभएको छ।’उच्च शिक्षा प्रदायक त्रिचन्द्र कलेज लगायतका आंगिक क्याम्पसको भौतिक निर्माण कार्य सुरू गरिनेछ,’ उहाँले भन्नुभयो ।

नेविसंघले आज पनि प्रदर्शन गर्दै त्रिचन्द्रको भवन बनाउनुपर्ने बताएको थियो । उहाँले आगामी तीन वर्षमा सबै सामुदायिक विद्यालयको न्युनतम भौतिक पूर्वाधार विकास गर्ने पनि बताउनुभयो । भूकम्प प्रभावित ३२ जिल्लामा विद्यालय पुनः निर्माण कार्य सकिएको र ४५ जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय भवन निर्माण कार्य गरिएको उहाँको भनाइ थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार