प्रधानमन्त्रीको अमेरिका भ्रमण निश्चित भइसकेको छैन : गृहमन्त्री खाँण

काठमाडौं । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण निश्चित नभइसकेको बताएको छ ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो, ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण अहिलेसम्म सुनिश्चित भएको छैन ।’

विभिन्न देशको निम्तोमा सरकारका पदाधिकारीहरु भ्रमणमा जानु स्वभाविक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रमणको कार्यतालिका बनेपछि सदनलाई जानकारी हुनेछ ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार