राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा टेबल गरिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक बैठकमा टेबल पेश गरेका हुन् ।

अहिले राष्ट्रियसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ । यसअघि सांसदहरुले राष्ट्र, राष्ट्रियता र जनसरोकारका विषयहरुमा गम्भिर हुन सरकार र राजनीतिक दलहरूको गम्भिर ध्यानाकर्षण गराउँदै आ–आफ्ना धारणा राखेका थिए । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार