प्रधानमन्त्री देउवा संसद्‌प्रति अनुत्तरदायी : रावल

काठमाडौँ । नेकपा एमालेका सांसद् भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाउनुभएको छ । आइतबार जारी अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद रावलले प्रधानमन्त्री देउवालाई संसद्‌प्रति अनुत्तरदायी भएको आरोप लगाउनुभएको हो ।

संसदीय समितिको बैठकमा आउँछु भनेर बिनाकारण नआउनु खेदजनक भएको भन्दै उहाँले यसमाथि समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताउनुभएको हो ।  प्रधानमन्त्री संसद्‌प्रति अनुत्तरदायी हुनुभयो । ‘प्रधानमन्त्रीले संसदीय समितिमा आउँछु भनेर अकारण सचिवालयमार्फत आउँदिन भन्नु खेदजनक हो । समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ‚’ उहाँले भन्नुभयो ।

बैठकमा उनले देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर गर्दा लोकतन्त्रको रक्षा गर्ने र संसदीय मूल्य मान्यता मान्ने आश्वासन दिए पनि उक्त कुरा कार्यान्वयन नभएको उहाँले बताउनुभयो । एसपीपीको विषयमा बोल्दै सांसद रावलले भन्नुभयो‚ ‘एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने होस लेखिएन । अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्छ ।’ ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार