भरतपुरबासीलाई खुसी र सुखी बनाउँछौँ : मेयर दाहाल

काठमाडौँ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताउनुभएको छ । ८ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाइन्स क्लब अफ चितवन आरोग्यले मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

मेयर दाहालले अब हुने विकासका गतिविधिमा भरतपुरबासीलाई कसरी खुसी र सुखी बनाउनेतर्फ ध्यान केन्द्रित गरिएको बताउनुभयो। खुसी महानगरबासी बनाउन विभिन्न विषयगत विज्ञहरुसँग छुटाछुट्टै छलफल, परामर्श एवम् सुझाव संकलन गर्ने कार्य गरिरहेका छौ, उहाँले भन्नुभयो,‘भौतिक विकास र मानविय विकासलाई सँगै लैजानुपर्छ भन्ने हाम्रो चाहाना छ । ११ औँ नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रमले यसलाई पुष्टि गर्छ ।’ भौतिक विकाससँगै मानवीय विकास गर्न नीति तथा कार्यक्रम निर्माण गरेर अगाडि बढेको जानकारी दिनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार