एकीकृत समाजवादीका उपमहासचिव खतिवडाको दाबी : केही घण्टामा मन्त्रिपरिषद पुनर्गठन हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने उहाँले बताउनुभयो ।

पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताउनुभएको थियो।मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उहाँले भन्नुभयो, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’

उहाँले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको उहाँले बताउनुभयो । मन्त्री भन्ने चिज चीरस्थायी होइन। स्थायी सरकार भए पाँच वर्ष हो,’ उहाँले भन्नुभयो, ‘आठरनौ महिना भयो उहाँहरू मन्त्री भएको। बिदा गर्नुपर्ने स्थिति आयो। कसैले विद्रोह गर्छु भनेको छैन।’

एकीकृत समाजवादीको आज पनि सचिवालय बैठक बसेको छ। बुधबारको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो । उहाँले शुक्रबारदेखि पोलिटब्यूरो बैठक बस्ने पनि बताउनुभयो। चुनाव समीक्षा र आगामी चुनावमा खेल्नुपर्ने भूमिकालगायत विषयमा पोलिटव्यूरोमा छलफल हुने उहाँले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार