बेथानचोक गाउँपालिकाले विद्यार्थीलाई दियो एक लाख छात्रवृत्ति

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपलिकाले एमबिबिएस पढ्ने एक विद्यार्थीलाई एक लाख रूपैयाँ छात्रवृत्ति दिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ घर भई एमबिबिएस दोस्रो वर्षमा पढ्दै आएका विजय घलानलाई एक लाख छात्रवृत्ति दिइएको हो।

उहाँ पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटिमा एमबीबीएस पढ्दैहुनुहुन्छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै प्राविधिक तथा अप्राविधिक विषयमा स्नातक वा सोभन्दा माथि अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्षले घोषणा गरेअनुसार ती विद्यार्थीलाई आज छात्रवृत्ति दिइएको वडा नम्बर १ का अध्यक्ष मधुसुदन तिमल्सिनाले बताउनुभयो । अध्ययन पूरा गरेपछि गाउँपालिकाले उहाँलाई थप एक लाख छात्रवृत्ति दिने पनि उहाँले बताउनुभयो ।

यसैबीच गाउँपालिकाले कोरोना संक्रमणबाट मुत्यु भएकाहरूको परिवारका सदस्यलाई ५० हजारका दरले राहत उपलब्ध गराएको छ । प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार