माओवादी नेता जीवन गौतम एमालेमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जीवन गौतम एमाले प्रवेश गर्नुभएको छ । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

त्यसक्रममा अध्यक्ष ओलीले एमालेमा रहेर मात्रै देशमा योगदान गर्न सकिन्छ भन्ने पुष्टि भएको बताउनुभयो । दाङ जिल्लाका गौतम माओवादी नेता नारायणकाजी श्रेष्ठ निकट मानिनुहुन्छ । उहाँ नेकपा माओवादी केन्द्रका दाङ इन्चार्ज तथा केन्द्रीय सदस्य हुनुहुन्थ्यो । स्थानीय तहको निर्वाचनमा मेयरको टिकट नपाएपछि पार्टीसँग रुष्ट बन्नुभएको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार