संघीय निजामती ऐन छिटै संसदमा दर्ता हुन्छ : संघीय मामिला मन्त्री श्रेष्ठ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले संघीय निजामती ऐन छिटै संसदमा दर्ता गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटमाथि राष्ट्रिय सभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले प्रतिनिधि सभाको बैठक नियमित सञ्चालन भइरहेको भन्दै चाँडै संसदमा संघीय निजामती ऐन दर्ता गर्ने बताउनुभयो ।

उहाँले अघिल्लो सरकारले ल्याएको संघीय निजामती ऐन संसदबाट फिर्ता ल्याएकाले गठबन्धन दलहरुको महाधिवेशन तथा स्थानीय निर्वाचनको कारण रोकिएको बताउनुभयो । मन्त्री श्रेष्ठले गठबन्धन दलहरुसँग समेत छलफल गरेर छिटै संसदमा ऐन दर्ता गराउने तयारी रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अहिले संसद सुचारु भइरहेको पस्थितिमा छिटो भन्दा छिटो संसदमा दर्ता गर्ने प्रक्रियामा जानेछौं ।

त्यसपछि संघीय निजामती ऐनलाई ल्याउनेछौं । त्यस्तै संघीयतालाई बलियो बनाउँन संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भएर केही दिनमा संसदको दुई सदनमध्ये एउटा सदनमा प्रस्तुत गर्नेछौं ।’मन्त्री श्रेष्ठले संघीयतालाई बलियो बनाउनको लागि संघीय मामिला प्रशिक्षण प्रतिष्ठान ऐन ड्राफ्ट भइरहेकाले केही दिनमा संसदको दुई सदनमध्ये कुनै एकमा प्रश्तुत गर्ने तयारी भइरहेको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार