पाँचदलीय गठबन्धनको विकल्प छैन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको बताउनुभएको छ ।

नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताउनुभयो ।

पटक–पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेपछि कांग्रेससँग गठबन्धन गर्नु परेको भन्दै उहाँले भन्नुभयो, ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन । यदि वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए अरुलाई मिसाउनुपर्ने थिएन । तर हामीले सकेनौं ।’ अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार