केपी कमरेडले कारबाही गरे भोग्न तयार छु : तुलसा

काठमाडौँ । नेकपा एमालेबाट सांसद हुनुभएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुल्नुभउको छ । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिनुभएको हो ।

एमालेबाट समानुपातिक सांसद रहेकी उहाँ आफ्ना श्रीमानको नेतृत्वमा रहेका पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । यहीबीचमा थापाले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको प्रतिक्रिया दिनुभयो । ‘यो नेकपा एकता राष्ट्रिय अभियान हो । तत्कालिन नेकपालाई एकता गराउने अभियान हो ।

पार्टी एकता गर्ने भनेर लागेको अभियान हो, यसमा लाग्दा केपी कमरेडबाट कारवाही भए भोग्न तयार छु’ थापाले भन्नुभयो, ‘हामीले पार्टी फुटाउनलाई होइन कसैलाई गाली गर्नलाई होइन । तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर आह्वान गर्ने हो ।’तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार