काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले प्रचण्डसँग द्वन्द्वकै क्रममा आफूले वार्ताको प्रस्ताव गर्दा उनी मौन भएपनि बाबुरामले संसदीय राजनीति नमान्ने भन्दै सुरुमा विरोध गरेको बताउनुभएको हो ।
‘प्रचण्डजीले हामी हार्ने र जित्नेको अवस्थामा पुग्यौँ भने यस्तो अवस्थामा तपाईँले वार्ता गर्नुपर्छ । शक्ति सुदृढ गर्नुपर्छ भनेर यो विषय पहिलो पटक राखेँ’, गौतमले स्मरण गर्नुभयो, ‘प्रचण्डजीसँग बाबुराम भट्टराई, मोहन वैद्य पनि हुनुहुन्थ्यो । मसँग देवी ओझा हुनुहुन्थ्यो । मैले प्रताव गर्दा बाबुराम भट्टराईले जुन संसदीय सरकारको विरुद्ध हामीले क्रान्ति सुरु गर्यौँ र जब ५ हजार जनाको बलिदान भइसकेको छ ।
आज तपाईँले यस्तो प्रस्ताव राख्नुहुन्छ रु भनेर भन्नुभाथ्यो ।’तर आफूले त्यसबेला साँच्चै सुरक्षित अवतरण चाहने हो भने वार्ता नै गर्नुपर्छ भनेर अडान लिएको उहाँले स्मरण गर्नुभयो । आफ्नो सुझावपछि माओवादीले वार्ताको नीति अख्तियार गरेको र जनआन्दोलनपछि माओवादी शान्ति प्रक्रियामा आउन सकेको उहाँको भनाइ थियो । रातोपाटीबाट