आज संसद दिवस मनाइँदै

काठमाडौं । आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ ।नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ ।

नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । यसैबीच पूर्व सांसद मञ्चले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार