म घटुवा हुन तयार छु : विमला केसी

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टीमा अराजकता मौलाएको बताउनुभएको छ । उहाँले स्थानीय तह निर्वाचनमा अन्तर्घात कर्णालीमा पनि भएको उल्लेख गर्दै पार्टीभित्रको अराजकतालाई बेलैमा नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीमा हारको जिम्मेवारी लिने परिपाटी नभएको उल्लेख गर्दै उनले कर्णालीमा आशातित नतिजा आउन नसकेकोमा आफूले भने जिम्मेवारी दिन तयार रहेको बताउनुभयो। ‘पार्टीमा अन्तर्घात भएका छन् । समस्याहरु भएका छन् तर जिम्मेवारी लिने प्रवृत्ति छैन’, उहाँले भन्नुभयो, ‘मैले कति जिम्मेवारी लिनुपर्ने हो लिन्छु । म घटुवा हुन पनि तयार छु ।’ उहाँले कर्णालीमा गत स्थानीय निर्वाचनमा गठबन्धनमा पनि गडबड भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सही ढंगले तालमेल र गठबन्धन हुनुपर्नेमा जोड दिनुभयो । विमलाले आइतबारदेखि सुरु भएको बैठकमा कर्णाली प्रदेश अध्यक्षको हैसियतमा आफ्नो रिपोर्टिङ प्रस्तुत गर्नुभएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार