लोसपाद्वारा मधेश प्रदेश सभाको बैठक अवरुद्ध

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री शैलेन्द्र साहले आफ्नो गृह जिल्ला सप्तरीमा अवैधानिक तरिकाले २० करोड रुपैयाँ दिएको भन्दै लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन् ।

बैठक सुरु हुनासाथ लोसपा सांसद परमेश्वर साहले सप्तरीमा विनियोजन गरेको २० करोड रुपैयाँबारे जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभएको थियो । यसपछि सभामुख सरोज यादवले अर्थ मन्त्री साहलार्ई जवाफ दिन भनेपछि साहले प्रकृया पु¥याएर नै आफूले बजेट दिएको बताउनुभयो ।

उहाँले सप्तरीका बासिन्दा बाढीको चपेटामा रहेकाले त्यसबाट बचाउन आफूले बजेट दिएको बताउनुभयो । सप्तरीको सिंचाइ कार्यालयले माग गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय बमोजिम यो बजेट उपलब्ध गराइएको उहाँले दाबी गर्नुभयो ।

उहाँले कार्य सम्पन्न गर्दै गएपछि अपुग हुने बजेट अर्थ मन्त्रालयले व्यवस्थापन गर्ने भनिएकाले अपुग भएको रकम प्रकृया पु¥याएर नै दिइएको बताउनुभयो । तर लोसपा सांसद साहले मन्त्रीको भनाइ चित्त बुझ्दो नभएकाले बैठक अवरुद्ध गर्ने बताउनुभयो । उहाँले यसबारे छानबिन गर्न संसदीय समिति नबनाइएसम्म बैठक अवरुद्ध गर्ने बताउनुभयो । १ असारमा बजेट प्रस्तुत भएपछि प्रदेश सभा बैठक अवरुद हुँदै आएको छ । onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार