नेपाली कांग्रेस म्याग्दीले मनायो विपी स्मृति दिवस

बेनी । नेपाली कांग्रेस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४० औं विपी  स्मृति दिवस मनाएको छ । पार्टीको संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले शुक्रबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितिमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए ।

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा `खम्बिर’ले बिपिको योगदानले नै देशमा ठुला परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले कांग्रेसले विपी दर्शन र उनको प्रजातान्त्रिक समाजवादलाई भुल्न नहुनेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा उपसभापति केबी भण्डारी , नेता चिरञ्रजीवि शर्मा  ,कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचन ,पुर्व सहसभापती नेत्रबहादुर महत,उपसभापति माधवप्रसाद रेग्मी ,सचीव हिराबहादुर पुन ,नेपाल तरुण दलका अध्यक्ष मुकुन छन्त्याल ,नेता चक्र केसी लगायतले विपीको आर्दशको धरातल, नैतिकता तथा त्याग र तपस्याको अवस्था अहिले घटदै गएपनि नीतिगत विषयमा कांग्रेस पछि नपरेको भन्दै कम्युनिष्टको पछि लागेर पाटीले प्रजातान्त्रिक समाजवाद र्विस्यो भन्दै नहिड्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिनुभएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार