नेपालमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि, २को मृत्यु

२६९ निको भए

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् ।


बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।२४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ ।२४ घण्टाको अवधिमा २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार