मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला

  म्याग्दी न्युज संवाददाता

बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ ।

जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा केन्द्रित रहेको कांग्रेसले मंगलामा आयोजित कार्यक्रममा पालिकाभित्रको अवस्थाका बारेमा समेत समिक्षा सहित रणनीतिका बारेमा छलफल गरेको थियो ।

भेलामा जिल्ला सभापति खमबहादुर गर्बुजा, निर्वतमान सभापति एवम् संविधानसभा सदस्य रेशमबहादुर बानियाँ,उपसभापति हरिकुमार श्रेष्ठ, केबी भण्डारी, प्रदेश ख सभापति टंक पुन, पूर्व उपसभापति नेत्रबहादुर महत, पूर्व सचिव क्या। मिनबहादुर कार्की लगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

भेलालाई सम्बोधन गर्ने क्रममा नेताहरुले मंगलाभित्रका सबै वडा, बस्ती र टोलसम्म संगठनका गतिविधिलाई चलायमना बनाउने गरी रणनीति बनाएर अगाडी बढ्न निर्देशन दिएका थिए । मंगला गाउँकार्यसमिति सभापति नरसिंह बहादुर केसीले सबै वडाका घरघर पुग्ने योजना बनाउने बताउनुभयो ।अभियानअन्तर्गत शुभेच्छुक संस्थालाई समेत बस्ती र क्षेत्रको केन्द्र हुने गरी कार्ययोजना बनाउने निर्णय भएको छ ।

मंगलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले समेत आफ्नो कामका बारेमा जानकारी गराएका थिए । २०७९ साल मंसिर ४ गते आईतबारका दिन एकै चरणमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार