प्रतिनिधि सभा बैठक आज बस्दै

यस्तो छ कार्यसूची

  म्याग्दी न्युज संवाददाता

संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।

आजको बैठकमा ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष  २०७७/०७८’ पेस हुने कार्यसूची रहेको छ ।

त्यसैगरी ‘बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार