बेनी । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ समिति मनोनयन गर्नुभएको छ । देउवाले आज म्याग्दीका (मनमोहन बुढाथोकी) मोहन छन्ताल सहित ४८ सदस्यीय तदर्थ समिति मनोनयन गर्नुभएको हो ।
कांग्रेस म्याग्दीका नेता छन्त्याल नेपाल छन्त्याल संघको अध्यक्ष समेत हुनुहुन्छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ छापा निवासी छन्त्याल राजनिति संगै सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत्र १५ गते बसेको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा मनोनयन गर्नुभएको थियो ।
त्यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको साउन २ गते बसेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजातिमहासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा विश्वदिप लिङदेन, जगत बराम, सुनिल गुरुङ ,म्याग्दीका मोहन छन्त्याल लगायतका नेता पर्नुभएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले मनोनयन गरेका सदस्यहरु (नामावलीसहित)
विश्वदिप लिङदेन, झापा
जगत बराम, गोरखा
तीर्थ लामा, सिन्धुपाल्चोक
डा। राजकुमार राई, खोटाङ
राम बहादुर लामा, चितवन
सुनिल गुरुङ, कास्की
कर्म व्यञ्जनकार, ललितपुर
धनादेवी थापा मगर, कैलाली
रामजी कङ्रेन, धनकुटा
रेनुका काउचा मगर, बागलुङ
शेरबहादुर तामाङ, धादिङ
जयप्रसाद इङनाम, तेह्रथुम
टेकबहादुर लिम्बु, झापा
धनाकुमारी मगर (धनम), उदयपुर
टोपबहादुर थापा मगर, बर्दिया
ज्ञानबहादुर लामा, नुवाकोट
माया पुन मगर, बाँके
लक्ष्मी थिङ, मकवानपुर
इन्द्रा गुरुङ, गोरखा
पूर्णबहादुर गुरुङ, चितवन
कामी शेर्पा, सिन्धुपाल्चोक
आङ टेण्डी शेर्पा, रामेछाप
बडेराम हेमरम, झापा
केसाङमु शेर्पा, सोलुखुम्बु
ठाकुर कुमाल, धादिङ
मोहन छन्त्याल, म्याग्दी
शम्भु तामाङ, काठमाडौं
मनहरी श्रेष्ठ, धनुषा
हिलारी बन्धु भुजेल, ओखलढुंगा
लिलामान कङ्रेन, संखुवासभा
रण बहादुर तावा, पाँचथर
चन्द्र खालीङ राई, सोलुखुम्बु
रमेश इवाहाङ, धनकुटा
धर्मराज राई, भोजपुर
दुर्गा सुनुवार, सिन्धुली
छत्र वम्जन, सिन्धुली
पूर्णसिद्धी लामा, सिन्धुपाल्चोक
मोहन राजवंशी, झापा
बासुदेव ऐतवाल (व्यासी), दार्चुला
पासाङ शेर्पा, ताप्लेजुङ
तलिसरा रखाल, नवलपुर
विजेन्द्र कुमार कायस्थ, कञ्चनपुर
मदनलाल श्रेष्ठ, काठमाडौ
नन्द बहादुर गुरुङ, जुम्ला
फुन्जेन लामा, मुगु
कुन्छाङ टासी लामा, हुम्ला
टेक बहादुर गुरुङ, सुर्खेत
जानुका लिम्बु शेर्पा, तेह्रथुम