म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा फोटो पत्रकार महासंघको (मङ्गलवार) जिल्ला शाखा गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको प्रथम जिल्ला भेलाले अग्रज पत्रकार अमर बानियाँको अध्यक्षतामा फोटो पत्रकार महासंघको म्याग्दी शाखा तदर्थ समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा घनश्याम खड्का, सचिवमा प्रताप बानियाँ र कोषाध्यक्षमा पवित्रा खत्री चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा भूपेन बानियाँ, किरण कार्की, कर्णबहादुर खत्री, देवी जिसी, बामदेव रिजाल, अनुप बानियाँ र धनिलाल गर्बुजा रहनुभएको छ । त्यस्तै शाखाको सल्लाहकारमा प्रकाश पौडेल, हरिकृष्ण गौतम र सन्तोष गौतमलाई चयन गरिएको छ ।

प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै फोटो पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष मञ्जिल शाक्यले धेरै लामो समयको प्रयासपछि म्याग्दीमा फोटो पत्रकार महासंघको शाखा गठन गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले क्रियाशील पत्रकारले फोटो खिचाइमा ध्यान नदिँदा फोटो बिग्रिएर आउने बताउँदै व्यावसायिक पत्रकार तथा फोटोग्राफर बन्नका लागि कसरी हुन्छ राम्रो फोटो खिच्ने प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा महासंघको शाखामार्फत जिल्लामा फोटो पत्रकारिताको विकास गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले म्याग्दीमा पत्रकारिता सँगसँगै फोटो पत्रकारिताको विकासका लागि महासंघमार्फत आवश्यक सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र वर्तमान सचिव सन्तोष गौतमले म्याग्दीको पत्रकारिताको सिकाई तथा विकासमा फोटो पत्रकार महासंघ गठनले थप सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता र स्वागत अध्यक्ष अमर बानियाँ र सञ्चालन सचिव प्रताप बानियाँले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार