क्यान्सर रोगी अर्चनालाई दग्नाम बैदेशिक सहयोग समिति बहराइनको सहयोग

  धनिलाल गर्बुजा

म्याग्दी । जिल्लाको धवलागिरी गाउँपालिका–२, खोरीयाकी क्यान्सर रोगी १७ बर्षीया अर्चना बुढा थापालाई उपचारको लागी आर्थिक सहयोग जुटेको छ । शुक्रबार बेनीमा एक कार्यक्रमका बिच दग्नाम बैदेशिक सहयोग समिति बहराइनका अध्यक्ष छप्रसाद पुन र धनबहादुर थजालीको संयोजकत्वमा प्रवासमा रहेका नेपालीहरुबाट संकलित सहयोग ८२,९२५ रुपैया र दग्नाम दर्मिजा समाज बेनी–गलेश्वरबाट ५,००० नगद ८७,९२५ रुपैयाँ पीडितकी आमा कुमारी पुनलाई हस्तान्तरण गरिएकाे हो ।

सहयोग रकम हस्तान्तरण गर्दै दग्नाम दर्मिजा समाज बेनी गलेश्वरका अध्यक्ष सरिता गर्बुजाले सहयोग गुर्नुहुने सबैलाई धन्यवाद दिनुभयो । क्यान्सर रोगको उपचार महगो पर्नेे र घरको आर्थिक अबस्था कमजोर भएकोले सबैले सहयोग गरिदिन गर्बुजाले आग्रह गर्नु भयो ।

बुढा थापाकी बुबा चन्द्र बहादुर बुढा थापा हिमाल हाईड्रो पावर नारच्याङ्खमा मजदुरी काम गर्ने क्रममा २०७३ पौष २ लडेर मृत्यु भए पश्चात उहाँकी आमाले रघुगंगा गाउँपालिका–४ ,दग्नामका शिव पुन संग दोस्राे विाह गरेका थिए । बुबाको मृत्यु पश्चात बेसाहारा बनेकी बुढा थापा उनकी एक दाजु र एक बैनी सहित काका बुबासंग दग्नामको बुग्लमा बस्दै आउनुभएको छ।

विपन्न परिवारमा जन्मेका थापा बुढाले ज्ञानोदय माध्यमिक विद्यालय मौवाफाँबाट एसइइ उत्रिण गर्नुभएकाे छ । पढाईमा रुची भएता पनी ज्यला मजदुरी गरेर छाक तार्नु पर्ने बाध्यताले पढाईमा अन्योलता छाएको उहाँको भनाई छ । उहाँले भन्नु भयो ‘सबैको सात सहयोगले उपचार सफल भए पश्चात पुन पढाईलाई निरन्तरता दिने छु’ ।

क्यान्सर रोगी बुढा थापाको बिगत छ महिना देखी चितवनको भरतपुरस्थित बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको पीडितकी आमा कुमारी पुनले बताउनुभयाे। पुनले भन्नुभयाे ‘आज सम्म ६ लाखमा बढी खर्च भइसक्यो, आफ्नो भएभरको जाय जेठा बेचेर आफन्तसंग ऋण गरेर उपचार गराए अबत भगवान संग हात थाप्नु बाहेक कुनै बिकल्प छैन’।  उहाँले  छोरीको उपचारको लागी आर्थिक सहयोग गरिदिन सबैलाइ आग्रह गर्नुभएको छ ।

थप जानकारीको लागी आमा कुमारी पुन सम्पर्क नम्बर ९७४८४१०७६९ वा अर्चना बुढा थापा ९७४४३४१९१२ प्रतक्ष सम्पर्क गर्न सक्नु हुनेछ । बिरामीको अबस्था केही सुधार आएको छ । अझ ६ महिना अस्पतालमैे रहेर शरीरमा ९ पटक ‘किमो’ र औषधी प्रयोग गर्नु पर्ने अस्पताल स्रोतले जनाएको छ ।


दैनिक ज्याला मजदुरी गरी परिवारको गुजरा चलाउदै आउनुभएकाे छ । ‘अवस्था अत्यन्तै दयनीय रहेछ, आर्थिक अभावकै कारण उपचार प्रभावित भएको खबर पाएपछि क्यान्सर जस्तो जटिल रोगले थलिएकी अर्चना नानीलाई उपचारमा थोरै भए पनी थप टेवा मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेका हौं ,’ दग्नाम बैदैशिक सहयोग समितिका बहराइनका अध्यक्ष छप्रसाद पाईजाले भन्नुभयो । दग्नाम बैदेशिक सहयोग समिति बहराइनले स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, आपद बिपद तथा कला संस्कृती संरक्षण आदी बिभिन्न शिर्षकमा १६ लाख ९० हजार ५९८ रुपैयाँ बढी सहयोग गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार