जनता माविमा प्रथम त्रैमासिक परिक्षा नतिजा प्रकाशन तथा दशैंको शुभकमना

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाममा अवस्थित जनता माध्यमिक विद्यालयमा प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा बडा दशैको शुभकामना आदन प्रदान सम्पन्न गरेका छन् । मंगलबार विद्यालयको आयोजनामा एक कार्यक्रम बिच प्रथम त्रैमासिक नतिजा प्रकाशन तथा बडा दशै, शुभ दिपावली र छट पर्वको शुभकामना आदन प्रदान सम्पन्न गरेको हो ।

शैक्षिक सत्र २०७९ को प्रथम त्रैमासिकमा प्रथम, द्वितीय, तृतिय र उत्कृष्ट अंक प्राप्त गर्ने विधार्थीहरुलाई उज्ज्वल भविष्यको कामना सहित  पुरस्कार स्वरुप शैक्षिक स्टेसनरीका सामाग्री वितरण गरेको प्रधानाध्यापक गुन पुनले जानकारी गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि राजकुमारी गर्बुजाले उत्तीर्ण विधार्थीहरुलाई बधाई तथा शुभकामना दिदै आफुमा भएका असिमित स्रोत साधनको प्रयोग गर्दै आफ्नो क्षमतालाई व्यवहारमा ल्याएन र ज्ञानसंगै अध्ययन अभ्यासलाई अगाडी बढाउन आग्रह गर्नु भयो । सामुदयीक बन उपभोक्ता समितिका कोषाध्यक्ष रुकबहादुर गर्बुजाले चाडपर्वहरुलाई भडकिलो नबनाई आफ्नो संस्कृतिको जगेर्ना गर्ने गरी मनाउनु पर्ने बताउनु भयो । उहाँले  सम्पूर्ण नेपालीहरुलाई आफ्नो क्षमता गच्छता र दिगो हुने गरी चाड पर्व मनाउन समेत आग्रह गर्नु भयो ।

विद्यालयका प्रअ पुनले विधार्थीहरहरुको उज्ज्वल भविष्यको कामना गर्दै शैक्षिक गुणस्तरलाई सुधार्न शिक्षक विधार्थी, र अभिावक सबैको विशेष भुमिका रहने भन्दै सहयोगको अपेक्षा सहित शुभकामना आदन प्रदान गर्नु भयो ।  विद्यालयको लक्ष्य र उद्देश्यमाथी प्रकाश पार्दै गुणस्तरीय शिक्षाको लागि प्रविधिमैत्री शिक्षण सिकाईमा जोड दिनु पर्ने प्रअ पुनको भनाई थियो । वाल क्लवका अध्यक्ष प्रवेश पुन, पूर्व विधार्थी तेकेन्द्र गर्बुजा लगाएतले बधाई सहित बडा दशैं तथा तिहारको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य जितबहादुर गर्बुजाको अध्यक्षता शिक्षक प्रकाश आचार्यको स्वागत र खड्क गर्बुजाले सञ्चालन गरेको कार्यक्रममा बिभिन्न नृत्य समेत प्रश्तुत गरेका थिए । उक्त औपचारिक कार्यक्रममा वडा जनप्रतिनिधि। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, एकता क्लव, आमा समुह, स्वास्थ चौकीका प्रतिनिधि, बुद्धिजीवी, शिक्षक कर्मचारी विद्यार्थी लगाएतका सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार